नयाँ लुक्समा दुर्गेश

सङ्गीत । आफ्ना हरेक गीतका भिडियोहरुमा फरक फरक तरिकाले प्रस्तुत हुने गरेका गायक दुर्गेश थापाको नयाँ म्युजिक भिडियोको लुक्स सार्वजनिक भएको छ। उनी नयाँ गीत ‘जन्ती’ मा यस अवतारमा देखिनेछन् । उनको यस लुक्सलाई यताकता ऑल अर्जुनसँग समेत तुलना गरिएको छ ।

कर्ली कपाल,आँखाको नानि एउटा खैरो अनि अर्को निलो, हल्का फुलेको दारी, कानमा गहना, खुट्टामा ठुलो कल्ली अनि हातभरि औठी र बालामा देखिएका गायक थापाले गित र भिडियोको विषयवस्तु पनि फरक रहेको बताए ।

गीतमा उनकै शब्द, सङ्गीत, स्वर रहेको छ । आफूले तयार गरेको गीतको भाव अनुसार नै आफू प्रस्तुत भएको उनले बताए । गीतको भिडियोमा नवाराज्ज उप्रेतीको छायांकन रहेको छ भने अभिनयमा रोनिशा लामिछाने र सन्ध्या क्षेत्रीले दुर्गेशलाई साथ दिएका छन् ।

कमेन्ट गर्नुहोस्