निर्माता ओझाले लेखे ‘प्रेमिल स्टाटस’

फिल्म । अन्तत पुराना निर्माता छविराज ओझाले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो र अभिनेत्री शिल्पा पोखरेल बीचको प्रेम सम्बन्धलाई प्रस्ट्याएका छन् । दुइको विवाह भईसकेको गसिप आइरहदा निर्माता ओझाले सोमबार राति फेसबुकमार्फत रोमान्टिक स्टाटस लेख्दै र शिल्पासंगको फोटो पोष्ट गरेका छन् । उनले शिल्पालाई आफ्नो जीवनको महत्वपुर्ण व्यक्ति उल्लेख गर्दै ‘मेरो जीवन तिमि बाट सुरु हुन्छ अनि तिमि मै अन्त्य होस् भन्ने चाहन्छु , यदी कसैलाई केहि भन्नु छ भने अबबाट म कसैको केहि सुन्ने छैन’ लेखेका छन् । उनको स्टाटसले आएको गसिपलाई सत्य बनाउने काम गरेको छ ।

छविकै प्रोडक्सन हाउसबाट फिल्मनगरीमा डेब्यु गरेकी शिल्पासंगको प्रेम चर्चा बेलाबखतमा हुँदै आएको थियो । केहि समय यता यी दुइले विवाह गरिसकेको खबर बेलाबखतमा मिडियामा आउने गरेको छ । छवि निकटको श्रोतको भनाइ मान्ने हो भने यी दुइले हिन्दु परम्परा अनुसार मन्दिरमा विहे गरिसकेका छन् । तर , यी दुइले आफ्नो सम्बन्धको बारेमा मिडियालाई बताएका छैनन् । निर्माता ओझाले शिल्पासंगको तस्वीर सहित पहिलो पटक प्रेमिल भावमा सामाजिक सञ्जालमा पोष्ट गरेका हुन् ।

कमेन्ट गर्नुहोस्