नामले केहि समय मात्र धान्छ -निश्चल बस्नेत

फिल्म । पछिल्लो समय निश्चल बस्नेत ‘डिरेक्टर कम , एक्टर ज्यादा’ देखिएका छन् । उनि आफै पनि भन्छन ‘म निर्देशक नै हुन् , पछिल्लो समय अभिनयसँगै निर्माणमा पनि सक्रिय छु ।’ यसवर्ष त अझै उनि एक्टरकै रुपमा देखिएका छन् । डेब्यु फिल्म ‘लुट’ मार्फत नै सेलिब्रेटी निर्देशक बनेका निश्चलले त्यसपछी टल्क जंग भर्सेस टुल्के र लूट २ निर्देशन गरिसकेका छन् । उनले पछिल्लो फिल्म लुटको सिक्वेल गतिलो बनाउन सकेनन् , जसलाई उनि आफै स्विकार्छन । ‘मैले सिक्वेल बनाउदा कथा होइन , स्टारडमलाई जस्टिफाई गरेछु’ उनले फिल्मको कमजोरी खुलाए ।

पछिल्लो समय निर्देशन छाडेर अभिनय तिर मात्र लागेको आरोप खेपिरह्दा उनले रिलिज हुने क्रममा रहेको फिल्म ‘प्रसाद’ मा भने आफु बल्ल एक्टर बनेको बताए । ‘अघिल्ला फिल्ममा म आउदा र जादा फरक नपर्ने किसिमको क्यारेक्टरहरु थिए तर यसपटक कथा नै बोकेको क्यारेक्टरमा छु’ निश्चल भन्छन् ‘यस फिल्मलाई हेरेपछि मलाइ कलाकार भन्नुहुनेछ ।’

उनले यो समयमा आएर आफु हल्काफुल्का रुपमा फिल्ममा प्रस्तुत नभएको समेत बताए । ‘म अब हल्काफुल्का रुपमा आए भने आलोचना मेरै हुन्छ , त्यसैले आफ्नो प्रभाव छाड्ने किसमले सुहाउदो पात्रमा आएको छु’ निश्चलले प्रसादको बारेमा बताए । फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । दिनेशकै पछिल्लो फिल्म ‘पर्व’मा निश्चल एक गीतमा डान्स गरिसकेका थिए भने यी दुईले एकै वर्षमा डेब्यु पनि गरेका हुन् ।

‘दिनेशदाइसँग काम गर्दा गाह्रो भयो तर त्यो मेरै राम्रोको लागि थियो’ उनले शुटिङको समय सम्झिदै भने ‘मलाइ आँखाले हास समेत भन्नु भयो , सुरुमा केहि अप्ठेरो पनि लाग्यो तर अन्तत त्यो चिज म बाट निस्कियो ।’ सुशील पौडेलको लेखन रहेको फिल्ममा निश्चलसँगै विपिन कार्की , नम्रता श्रेष्ठको अभिनय रहेको छ । सुभाष थापाको निर्माण रहेको फिल्म मङ्सिर २१ मा रिलिज हुदैछ ।

कमेन्ट गर्नुहोस्