एसएलसीपछी कपाल काटे

फिल्म । टेलीफिल्म हुँदै पछिल्लो समय फिल्ममा राम्रो गरिरहेका अभिनेता हुन् जितु नेपाल । जिरे खुर्सानीमा मुन्द्रेको उपनाम पाएका जितुले ६ एकान ६ बाट फिल्म निर्माणमा हात हाले । दीपकराज गिरी , दीपाश्री निरौला र निर्मल शर्मा समुहले सुरु गरेको निर्माणमा जितुले सहकार्य गरे । त्यसपछि पछिल्लो फिल्म ‘छ माया छपक्कै’ सम्म आइपुग्दा दीपक , दीपा , जितु र केदार घिमिरेको एउटा समुहनै बनिसकेको छ । त्यसयता जितु निर्माता र कलाकारको रुपमा सफल भइरहेका छन् । तर , स्कुले जीवनमा यिनै जितुले सैलुनसम्म पस्न पाएका थिएनन् ।

एक अन्तर्वार्तामा उनले आफ्नो बाल्यकाल सम्झिदै यसबारे बताएका हुन् । दर्शक माँझ ठाडो कपाल पाल्ने , मुन्द्रा लगाउने मुन्द्रेको क्यारेक्टर मार्फत लोकप्रिय बनेका जितुले आफु धेरै संघर्षले यहाँसम्म आइपुगेको बताएका छन् । सिन्धुपाल्चोकको कोठेमा हुर्किएका जितुले एसएलसीसम्म अध्यन गर्दा कपाल काट्न पाएका थिएनन् । ‘कपाल बढेपछी हामी खौरिने गर्थ्यौ किनकी हामीसँग अर्को विकल्प थिएन । एक पटक कपाल काटेको पनि थिए तर त्यो राम्रो नभएपछी फेरी खौरिए । किनकी सैलुन पुग्ने अवस्था थिएन’ जितुले भने । त्यहिं संघर्षले आज यो स्थानसम्म ल्याएको भन्दै उनले आफु धरातल नभुल्ने बताए । ‘हामीले हिजो बिर्सियौ भने भोलीले त्यो सम्झाउन सक्छ’ जितुले भने ।

कमेन्ट गर्नुहोस्