सकियो स्व.निर्मला पन्तको घटनामा आधारित फिल्म ‘कोपिला’ को छायाँकन

फिल्म । कन्चनपुरकी १३ बर्षीय बालिका निर्माला पन्तको बलत्कारपछि हत्या भएको धेरै समय बितिसक्दा पनि दोषी पत्ता लागेको छैन । घटनाको दोषी पत्तालगाउन नसकेको भन्दै सुरक्षा निकाय र सरकारको आलोचना भईरहेको छ । तर , यसै घटनालाई समेटेर फिल्म ‘कोपिला’ निर्माण भईरहेको छ । फिल्म युनिटले छायाँकन सकेर अब पोष्टप्रोडक्सनमा जुट्ने भएका छन् । झन्डै एक महिनामा फिल्मको इन्डक्ल्याप भएको हो । बलत्कार र हत्यापछि सिर्जित सामाजिक स्थिति र हालसम्मको अवस्थामा आईपुग्दा सम्मको चित्रणलाई समेटिएको फिल्मका लेखक तथा निर्देशक शिवम अधिकारीले बताए ।

फिल्ममा निर्मलाको भूमिकालाई संजीवनी खरेलले निर्वाह गरेकी छिन । उस्तै उमेरकि संजीवनीले भूमिकालाई न्याय गरेको टिमले बताएका छन् । फिल्ममा सरिता गिरि, गणेश गिरि, ऋद्धीचरण श्रेष्ठ, अस्मिन घिमिर, अस्मिता जुरेली,प्र तिक्षा खड्का, शिया आचार्य, जुनिपर पौडेल लगाएतका कलाकारहरुको अभिनय रहेको छ । सञ्चारकर्मी मणिराज गौतम र करुणाकर घिमिरेको संयुक्त निर्माण रहेको फिल्मका प्रस्तुतकर्ता गणेश गिरी रहेका छन् । यसमा सुबासराज काफ्ले कार्यकारी निर्माता , समिर मिया र रामेश्वर कार्की सह-निर्माता , छायाँकार शिवशरण न्यौपाने , संगीत दीपक शर्माको रहेको छ ।

कमेन्ट गर्नुहोस्