इनासले गर्‍यो अक्सिजन सहयोग

फिल्म । पछिल्लो समय कोरोना भाइरसको दोस्रो लहरका कारण संक्रमित र मृतक बढिरहेका छन् । अस्पतालमा विरामीको चाप बढ्दै गर्दा स्वास्थ्य सामग्रीको अभावमा विरामीले ज्यान गुमाउनु परेको हामीले सामाजिक सञ्जाल तथा समाचारहरुमा देखि रहेका छौ । अक्सिजन अभावकै कारण केहि दिन अगाडी मात्र उपत्यकाका ठुला अस्पतालहरुले समेत विरामी भर्ना नलिने बताएका थिए ।

त्यसपछि अक्सिजनको जोहो र सहयोग विभिन्न क्षेत्र मार्फत भइरहेको छ । अक्सिजन अभावमै ज्यान गुमाउनु दु:खद रहेजी भन्दै बालाजु स्थित जनमैत्री होस्पिटलमा अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले ५० अक्सिजन रिफिल गरि सहयोग गरेको छ । इनासको विश्वभर रहेका विभिन्न कार्यसमिति मार्फत संकलित रकम मार्फत इनास ग्लोबल अध्यक्ष कमला दाहाल सहित पुगेको टिमले हस्पिटलका कार्यकारी निर्देशक उमेश पाण्डेलाई सहयोग गरेका छन् ।

यो सहयोग आर्थिक सक्षम नभएकालाई प्रयोग गरिदिन समेत अध्यक्ष दाहालले आग्रह गरेकी छिन् । ‘यो हाम्रो सहयोगको सुरुवात हो , हामी यसलाई निरन्तर रुपमा अगाडी बढाउने छौं’ उनले भनिन् । इनासले अन्य हस्पिटलमा समेत सहयोग गर्ने प्रतिबद्धता जनाउदै अध्यक्ष दाहालले दैनिक ज्यालादारीमा आश्रित श्रमिक , अपाङ्गता भएका व्यक्तिहरुलाई समेत सहयोग गर्ने योजना रहेको बताउनु भयो ।

इनास ग्लोबलका कोषाध्यक्ष कुलराज थापा , इनास एसिया सह-संयोजक रुपा न्यौपाने सहितको सहभागिता रहेको सहयोग कार्यक्रमको संयोजन गीतकार , संचारकर्मी तथा इनास नेपाल संयोजक दयाराम पाण्डेले गर्नु भएको थियो ।

कमेन्ट गर्नुहोस्