धुर्मुस, दीपकराज र जितु एकसाथ गर्दैछन् ‘पाँच पाण्डव’ ?

फिल्म । दर्शकले सीताराम कट्टेल ‘धुर्मुस’, दीपकराज गिरी र जितु नेपाल ‘मुन्द्रे’ लाई एउटै फिल्ममा देख्न पाउने भएका छन् । वसन्त निरौलाको निर्देशन रहने नयाँ फिल्म ‘पाँच पाण्डव’ मा यी तीन लोकप्रिय कलाकारहरूले सहकार्य गर्ने भएका हुन्। अभिनेता नेपाल, कट्टेल, निर्देशक निरौला, फिल्मका लेखक, निर्मातासहितको टिम पोखरा पुगेर अभिनेता गिरीसँग छलफल गरेका थिए । यी तीनै कलाकार हालै गण्डकी प्रदेशका विभिन्न जिल्लामा पुगेका थिए। शनिबार उनीहरू पोखरामा थिए, जहाँ ‘पाँच पाण्डव’ फिल्मको तयारी छलफल भयो ।

दीपकले शनिबार आफ्नो फेसबुक पेजबाट तीन जनाको संयुक्त तस्बिर सार्वजनिक गर्दै यस सहकार्यको संकेत दिएका थिए । उनले आफ्नो आगामी फिल्म ‘पाँच पाण्डव’ हुनसक्ने र यसको लागि छलफल भइरहेको जानकारी दिए । यद्यपि, यस विषयमा औपचारिक घोषणा हुन भने बाँकी छ । तर, धुर्मुस र सुन्तली (सीताराम कट्टेलकी पत्नी) भने यस फिल्ममा औपचारिक रूपमै अनुबन्धित भइसकेको बताइएको छ । अभिनेता केदार घिमिरेले पनि यो समूहमा जोडिने सम्भावना छ ।

यदि यो सहकार्यले मूर्तरूप लिएमा, सन् २०१५ मा रिलिज भएको फिल्म ‘वडा नम्बर ६’ पछि यी कलाकार पहिलो पटक एकसाथ देखिनेछन् । यो फिल्म काली रानी फिल्म्सको ब्यानरमा निर्माण हुने छ । फिल्मको प्रस्तुतकर्तामा ‘लाज शरणम्’ फेम्ड नवीन श्रेष्ठ र निर्माता कालीरानी श्रेष्ठ रहेका छन् फिल्मको पटकथा सुशील पौडेलले लेखेका हुन् भने निर्माण नियन्त्रकको भूमिकामा दिलिप पन्त रहेका छन् ।

कमेन्ट गर्नुहोस्