नोभेम्बर दोस्रो साताबाट सप्तरङगको दोस्रो शृंखला

संगीत । आउँदो नोभेम्बरको दोस्रो साताबाट ‘सप्तरङ्ग २’ प्रारम्भ हुने भएको छ । आयोजक गृष्मा ब्रोर्डकास्टिङले पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएको हो । गत वर्ष सातै प्रदेशमा पहिलो शृंखला सम्पन्न भएको थियो ।

पहिलो शृंखलामा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ । दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड रहेका छन् । यिनले सातै प्रदेशमा पर्यटन प्रवर्धन र सम्मुनतिका लागि आफ्नो प्रस्तुति प्रस्तुत गर्ने प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए ।

पहिलो सिजनमा सात प्रदेशविचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने उनको भनाइ छ । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजनाको तयारी गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको छ ।

कमेन्ट गर्नुहोस्