‘द रेड सुटकेस’ को विशेष शो सम्पन्न

फिल्म । नेपाली फिल्म ‘द रेड सुटकेस’ को काठमाडौँमा विशेष शो सम्पन्न भएको छ । आयोजित शोमा राजनीतिज्ञसँगै फिल्मकर्मीले फिल्म हेरेका छन् । कार्यक्रममा निर्देशक एवम् अभिनेता नीर शाह, नेकपा एमाले नेता रघुजी पन्त, पूर्व शिक्षामन्त्री अशोक कुमार राई, लेखक बुद्धिसागर, शिक्षविद् केदारभक्त माथेमा, कवि विप्लव प्रतीक, अभिनेत्री मिरुना मगर लगायत फिल्म हेरेका छन् ।

फिडेल देवकोटाको निर्देशनमा तयार भएको फिल्ममा सौगात मल्ल, विपिन कार्की, सृष्टी श्रेष्ठ, प्रविन खतिवडा लगायतका कलाकारले अभिनय गरेका छन् । अभिनेता कार्कीले फिल्मको विषयवस्तु मन परेपछि विना पारिश्रमिक काम गरेका हुन् । फिल्म विदेशका विभिन्न फेस्टिभलमा सहभागी हुँदै केहीमा अवार्ड समेत जितेको थियो ।

कमेन्ट गर्नुहोस्