फिल्म । अनमोल केसी अभिनित फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तय भएको छ । तिहार छेकोमा यो फिल्म ३१ असोजमा देशब्यापी प्रदर्शनमा आउने यसका निर्माता सरोज न्यौपानेले बताएका छन् । निर्माता न्यौपानेले वितरकसँगको सहमतिमा प्रदर्शन मिति फाइनल गरिएको बताए ।
निर्माताले हङकङको एलजी एसोसिएसनलाई अस्ट्रेलियाबाहेकको अन्तर्राष्ट्रिय वितरण अधिकार न्यूनतम सुनिश्चितता (एमजी)मा बिक्री गरेका छन् । अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । यसमा अनमोलसँगै केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङ लगायतले अभिनय गरेका छन् ।
कमेन्ट गर्नुहोस्










