काठमाडौँ । नेपाल चलचित्र कलाकार संघले बाढीपहिरो पीडित परिवारलाई राहत वितरण गरेको छ । असोज दोस्रो साता आएको भारी बर्षा र बाढीपहिरो पीडितका लागि सोमबार संघले कम्बल वितरण गरेको छ । ललितपुरको गोदावारी नगरपालिका वडा नम्बर ३ का पीडित परिवारलाई वडा अध्यक्ष राज घिमिरेको उपस्थीतिमा ८५ थान कम्वल वितरण गरिएको हो ।
संघका महासचिव सविन श्रेष्ठको समन्वयनमा नेपाल कलाकार संघ अमेरिका शाखा अध्यक्ष दिनेश कार्की सहितको टिमले कम्वल खरिद गर्न सहयोग जुताइएको थियो ।
संघका अध्यक्ष मोहन निरौला, निवर्तमान अध्यक्ष रविन्द्र खड्का, महासचिव सविन श्रेष्ठ, सचिव रामेश्वर बुर्लाकोटी, सह–कोषध्यक्ष पवित्रा आचार्य, सदस्य पुकार भट्टराई, गोपाल ढकाल छन्दे लगायत राहत वितरणमा खटिएका थिए । संघ सदैव सामाजिक काममा सक्रिय रहदै आएको छ । र, सोही अनुरुप बाढीपहिरो पीडित परिवारलाई कम्वल वितरण गरिएको सविच बुर्लाकोटीले बताए ।













