फिल्म । नेपालमा छायांकन भएको साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमली’ को आइटम गीत सार्वजनिक गरिएको छ । निर्माण टीमले ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतको भिडियो सार्वजनिक गरेको हो । भिडियोमा नेपालकी अभिनेत्री स्वस्तिमा खड्काले बोल्ड अवतारमा प्रस्तुत छिन् । फिल्म मलयालम भाषामा निर्माण भए पनि गीत भने हिन्दी भाषामा छ । बिजीपालको संगीत, तनिष्क नब्बरको शब्द रहेको गीतमा चर्चित गायिका सुनिधि चौहानको स्वर सुन्न सकिन्छ । यस गीतको छायांकन तीन दिन लगाएर काठमान्डौको एक होटेलमा गरिएको थियो ।
गीतमा काम गर्दा आफुलाई नयाँ एक्सपेरियन्स गरेको स्वस्तिमाले एक अन्तवार्तामा बताएकी छिन् । उनले एक शोमा कुरा गर्दै प्राविधिक रुपमा नयाँ अनुभव संगालेको बताएकी थिइन् । उनि यो टीमसँग जोडिएर काम गर्न पाउँदा खुशी छिन् । ‘कथामै नेपाली पात्र चाहिने भएकाले मलाइ अफर आयो र मैले काम गरे । मेरो भूमिका धेरै ठुलो छैन तर कथामा जोडिएको छ’ स्वस्तिमाले बताइन ।
राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमली’ लाई नेपालमा पोखरा, काठमाडौं, लुक्ला लगायतका विभिन्न रमणीय स्थानमा खिचिएको छ । फिल्मले भारतबाट नेपाल आएका तीन जना साथीको कथालाई प्रस्तुत गरेको छ । विशेषत यो फिल्म हिमाली भेगमा बसोबास गर्ने शेर्पाको कथामा आधारित छ ।
मलयालमसँगै अन्य भाषामा समेत रिलिज हुने फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजन सहित नेपाली कलाकारहरु माओत्से गुरुङ र उमेश तामाङको पनि अभिनय रहेको छ ।