कार्तिकसँग साराको जोडी

फिल्म । बलिउडको हिट फिल्म मध्यको एक ‘लभ आजकल’ सिक्वेलमा कार्तिक आर्यन र साराअलि खानको जोडीलाई दर्शकले देख्न पाउनेछन् । फिल्मका निर्माता तथा निर्देशक इम्तियाज अलिले यसलाई प्रस्ट्याएका हुन् । उनले एक अन्तर्वार्ताको क्रममा फिल्ममा कार्तिक र साराको जोडी देखिने बताएका हुन् । लभ आजकलमा इम्तियाजले साराकै पिता सैफअलि खान र दीपिका पादुकोणको जोडीलाई देखाएका थिए ।

पछिल्लो समय फिल्म ‘केदारनाथ’ मार्फत चर्चामा छिन , सारा अलि खान । यिनै साराले अभिनय गरेको दोस्रो फिल्म ‘सिम्बा’ पनि छिटै नै प्रदर्शनमा आउदैछ । उनलाई आफ्नै पिता सैफ अभिनित फिल्म ‘लभ आजकल’ को सिक्वेलको कथा भने मन परेको मात्र छैन उनलाई कार्तिक आर्यनसँग अँनस्क्रिन देखिन रहर पनि छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्