‘जिम्माल बा को छोरो’ सार्वजनिक

संगीत । गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत ‘जिम्माल बा को छोरो’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा प्रकाश सापकोटाको शब्द रचना र भिम ब. श्रेष्ठको संगीत रहेको छ । सार्वजनिक गीतको भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ ।

सुब्रत आचार्य निर्देशित भिडियोलाई गीत झैँ रोमान्टिक बनाइएको छ । गीतको मर्मअनुसारको भिडियो बनाउने कोशिस गरेको निर्देशक आचार्यले बताए । विकाश दाहालको सम्पादन रहेको छ । बुद्द थापाको छायांकन, प्रमोद भण्डारीले कोरियोग्राफी गरेको यस भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ ।

कमेन्ट गर्नुहोस्