टिजर मात्र आउने फिल्म !

0 Shares

गसिप । अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र अभिनेता शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको अभिनय रहेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को बारेमा दर्शकले धेरै पटक सुनिसकेका छन् । निर्माण घोषणा , टिजर रिलिज गरेको फिल्मले दोस्रो टिजर हालै रिलिज गरेको छ । निर्माणमा लामो समय रहेको फिल्मले टिजर त रिलिज गरेको छ । तर , प्रदर्शन बारे भने स्पष्ट खुलाएको छैन ।

कोरोना भाइरसको कारण सिर्जित अवस्थामा टिजर सार्वजनिक गर्नुको आशय पनि प्रष्टिएको छैन । टिजर रिलिज गरेर डेट तोक्न नसक्नु निर्माण पक्षको कमजोरी रहेको छ । यसै वर्ष फिल्म रिलिज हुने जानकारी दिईता पनि डेट तय नहुदा त्यो सम्भावना न्यून रहेको अनुमान लगाउन सकिन्छ । किनकी कोरोना भाइरसबाट अवस्था सहज तर्फ मोडिने वितिकै रिलिज डेट तय गरेर पोष्टपोण्ड गरेका फिल्महरुको लिस्ट नै तयार भईसकेको छ ।

नेपाली फिल्मनगरीमा चार दशकको यात्रा तय गरेका अभिनेता शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मले यसरि बेला – बेलामा टिजर मात्र ल्याउदा युनिट प्रतिको विश्वसनीयता भने प्रश्न उठ्न थालेको छ । मल्टी-स्टार कास्ट रहेको फिल्मलाई फिल्मनगरीमा ‘टिजर मात्र आउने फिल्म’ पनि भन्न थालिएको छ ।

कमेन्ट गर्नुहोस्