गली ब्वायमा रणवीर र आलिया

फिल्म । बलिउडमा लक बाई चान्स मार्फत सन् २००९ मा निर्देशकको रुपमा डेब्यु गरेकी जोया अख्तरको नयाँ फिल्म ‘गली ब्वाय’ आउदो फेब्रुअरी १४ मा रिलिज हुदैछ । जिन्दगी नमिलेगी दोबारा र दिल धड्कने दो जस्ता फिल्म मार्फत दर्शकको मन जितिसकेकी जोयाको नयाँ फिल्ममा रणवीर सिंह र आलिया भट्ट लिड रोलमा छन् ।

पछिल्लो समय बलिउडका यी हटकेकसँगै भएकोले गर्दा पनि पोस्टर सार्वजनिक देखि नै फिल्मले चर्चा पाइरहेको छ । पहिलो पटक रणवीर र आलियाले स्क्रिनशेयर गरेको फिल्मको सार्वजनिक पोष्टरमा यी दुईको लुक्सलाई देखाइएको छ । फिल्ममा रणवीर गायकको भूमिकामा छन् , गली गायक । फिल्ममा विजय वर्मा , पुजा गोर र नहकुल सहदेवको पनि अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्