‘पानी नपर्दा छायाँकनमा समस्या’

फिल्म । पानी पर्दा अधिकांस फिल्मकर्मीलाई चिन्ता हुन्छ , बढी जसको फ्लोरमा छ । अर्थात् छायाँकनरत फिल्मलाई अत्याधिक चिन्ता हुन्छ , किनकी काम रोकिन्छ । तर पछिल्लो समय पानी नपरेर रोकिएको फिल्म हो ‘आमा’। ‘पशुपति प्रसाद’ जस्तो समिक्षक र दर्शकको मनमा बस्न सफल फिल्म निर्देशन गरेका निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार हुन लागेको ‘आमा’ को काम ६५ % सकिएता पनि पानी नपरेर ३५ % काम अझै रोकिएको छ ।

अत्याधिक पानीको दृश्य चाहिने भएकाले असारबाट छायाँकन सुरु गरिएको थियो तर पानी कम परेपछि काम अगाडी बढ्न सकेन । त्यसपछि टिमले दोस्रो सेड्युल साउनमा राख्यो । उखान नै छ ‘साउने झरी’ तर फिल्मको दृश्यले मांगे जस्तो पानी परेन । निर्देशक खनाल भन्छन् ‘मेरो फिल्मको दृश्यमा अलिकति पानी देखाउने होइन , त्यसैले नेचुरलकै लागि तयारी गरेका हौ ।’ तर , पानी नपरेकै कारण फिल्मको काम दोस्रो सेड्युलमा पनि रोकिएको छ । हिजो विहिबार दिनभर फिल्मको टिम कोटेश्वरमा थियो । कोटेश्वरमा बसेर दिनभर पानी कुर्दा कुर्दा पानी परेन ।

त्रिभुवन विमानस्थलको रन वेसम्म परेको पानी कोटेश्वर चोकमा परेन । पानी नपरेपछि दिनभर टिम सक्रिय त भयो, तर काम हुनै सकेन । यो टिम कैयौ पटक पानी नपर्दा यो समस्या परेको छ । जसलेगर्दा, फिल्मको बजेट मात्र होइन काम गर्न पनि समस्या परेको छ । नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै यस फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । यसलाई फागूण ९ गतेबाट रिलिज गर्ने तयारी समेत गरिएको छ । ‘हाम्रो कथालाई उचित नाम राखेको हुँ’ निर्देशक खनाल भन्छन् ‘त्यो आमाको नामको भार यतिबेला पर्छ जस्तो लाग्दैन् ।’

डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा आमा र छोरीको कथालाई उठान गर्नेछ । यसमामा मिथिला शर्मा शिर्ष भूमिकामा छिन् । उनको साथमा सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिच्दैछन् ।

कमेन्ट गर्नुहोस्