दर्शकको मन जित्दै ‘ए मान्छे’

संगीत । गायक सछिं रौनियारको कमब्याक गीत ‘ए मान्छे’ लाई दर्शक तथा श्रोताले रुचाएका छन् । एनेकतामा एकताको संदेश सहित तयार गरिएको गीतलाई युट्युबमा २३ लाख भन्दा बढी पटक हेरिएको छ । छ भनौ कि छैन भनौ , यो वनमा छैन क्यारे न्याउली कराउदिन ए कान्छी , ए माया कहाँ छौ कहाँ , झन् झन् बढ्यो याद तिम्रो , आफ्नो मान्छे लगायतका गीत मार्फत दर्शक तथा श्रोता माँझ आफ्नो परिचय स्थापित गर्न सफल सचिनले झन्डै १२ वर्षपछी नयाँ गीत लिएर आएका हुन् ।

‘ ए मान्छे’मा सचिन आफै फिचर्ड छन् । गीतमा सचिनसँगै संजय श्रेष्ठ , बबिन , भिम तुलाधर लगायत पनि देखिएका छन् । डिजिटल युगको पहिलो गीत बताउने सचिनले यसमा मनोरंजनसँगै अनेकतामा एकताको संदेश प्रवाह गरेका छन् । गीतको शब्द प्रकाश सापकोटाले लेखेका हुन् भने यसमा जितेन लेप्चाको संगीत रहेको छ । ‘मेरो कमब्याकमा सबैले साथ् दिनु भयो , आभारी छु’ सचिनले भने । सचिनले गायनमा झन्डै अढाई दशक बिताईसकेका छन् । बिक्रम संवत २०४३ सालमा पहिलो एल्बम ‘सर्च’ बजारमा ल्याएका उनले १२ वटा एल्बम सार्वजनिक गरिसकेका छन् ।

सर्चसँगै स्पर्श , नशा , सारेगामा लगायतका एल्बम उनका चर्चित एल्बममा पर्छन । सुव्रतराज आचार्यको निर्देशनमा तयार भएको गीतको भिडियोमा विभिन्न भाषाभाषीको एकतालाई प्रस्ट्याईएको छ । ‘मनमगन’ पछी यसको किसिमको भिडियो निर्देशन गरेको बताउने सुव्रतले निर्माणको क्रममा कुनै सम्झौता नगरेको बताएका छन् । भिडियोलाई गम्भीर बिष्टले कोरियोग्राफ गरेका छन् भने यसलाई उत्सव दाहाल र विजय बस्नेतले खिचेका हुन् । यसमा सम्पादन , भीएफएक्स र डीआइ भरत रेग्मीको रहेको छ ।

कमेन्ट गर्नुहोस्