फिल्म । केहि समय यता सोसल ड्रामा जनरको फिल्म मार्फत दर्शकको मन जित्दै आएका जोन अब्राहमले यसलाई नै निरन्तरता दिने भएका छन् । उनले आफ्नो सफल फिल्म सत्यमेव जयतेको सिक्वेल दर्शकसामु ल्याउने भएका छन् । सत्यमेव जयते सन् २०१८ को अगस्ट १५ मा रिलिज भएको थियो । भ्रष्टाचारीले गर्दा आउने अवस्था र त्यसमा एक पुलिस अफिसर मात्र नभई समान्य मान्छेले खेल्न सक्ने योगदानलाई फिल्ममा देखाइएको छ । फिल्मको सिक्वेल पनि यस्तै हुनेछ । एक सोसल कथालाई देखाइनेछ । तर , प्रस्तुतीकरण विल्कुलै फरक । फिल्म जोनले सुपरहिरोको भूमिका निर्वाह गर्नेछन् ।
निर्देशक मिलाप जावेरीले फिल्ममा जोनलाई हलिउड सुपरहिरो ‘हल्क’ झैँ शक्ति मिल्ने बताएका छन् । ‘हामीले जोनको मेहनतलाई देखेर एउटा स्क्रिप्ट तयार परेका छौँ । फिल्ममा जोनलाई एक्सन अवतारमा दर्शकले हेर्न पाउनेछन्’ जावेरीले भने । उनले फिल्मको कन्टेन सोसल भएपनि प्रस्तुतिमा बदलाव ल्याउन लागेका हुन् । यसैगरी फिल्ममा जोनसँगै दिव्या खोस्ला कुमारको अभिनय रहनेछ । पछिल्लो समय एक भिडियोमा देखिएकी दिव्या टि-सिरिज मालिक भुषण कुमारकी पत्नी हुन् भने उनि निर्देशक पनि हुन् । (एजेन्सी)










