जात्राकै सिरिज ?

फिल्म । पछिल्लो समय निर्देशक प्रदीप भट्टराई सर्वाधिक खोजिने निर्देशक बनिरहेका छन् । निर्देशक भट्टराई निर्देशित तिन फिल्म जात्रा , शत्रु गते र जात्रै जात्राले लगातार ५१ औ दिने यात्रा पार गरेपछि यतिबेला फिल्मनगरीमा उनिसंग काम गर्न चाहनेको कमि छैन । उनलाई प्रतिष्ठित व्यानरले सहकार्य गर्ने अफर गरिरहे पनि उनले ‘जात्रा’ कार्यकारी निर्माता रविन्द्र सिंह बानियासंग मिलेर मह जोडी अर्थात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नयाँ फिल्ममा कास्ट गर्दैछन् । प्रदीप यतिबेला उक्त फिल्मको लेखनमा छन् ।

स्क्रिप्टलाई अन्तिम रुप दिने तयारी भएता पनि यसको छायांकन भने आउँदो वर्षको बैशाखबाट हुने बुझिएको छ । यद्दपि पछिल्लो समय फैलिरहेको ‘कोरोना भाइरस’ को संक्रमणले गर्दा यसको छायाँकनमा ढिलाई हुने सम्भावना छ नै । पछिल्लो समय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ मा निर्णायकको भूमिका समेत निर्वाह गरिरहेका प्रदीपले सामाजिक सञ्जालमा ‘जीवन जात्रा हो’ लेख्दै टिमको तस्बिर सार्वजनिक गरेका छन् । सार्वजनिक तस्बिरमा फिल्मको युनिटले सेल्फी लिदैछन् । सार्वजनिक तस्बिरले उनले आउँदो दसैँलाइ लक्षित गर्दै लेखिरहेको फिल्म ‘जात्रा’ कै हुने संकेत गरेको छ ।

आउँदो दसैँलाई लक्षित गर्दै छक्का पञ्जा र ए मेरो हजुरको चौथो सिरिज घोषणा गरिसकिएको छ । यस अवस्थामा प्रतिष्पर्धामा उत्रिन यो टिमले पनि जात्राकै सिक्वेललाई अगाडी बढाउने निर्णय त गरेन ? यसबारेमा टिम भने अहिले केहि बताउने मनस्थितिमा छैनन् । तर , निर्देशक भट्टराईले सामाजिक सञ्जाल मार्फत भने संकेत गरि रहेका छन् ।

समसामयिक विषयवस्तुमा बन्ने फिल्ममा को-को हुनेछन् , यो भने आउँदो समयले नै बताउने छ । मह सञ्चारमा झन्डै डेढ दशक काम गरेपछि फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा हात हालेका प्रदीप दोस्रो फिल्म ‘शत्रु गते’ मार्फत मह सञ्चारको निर्देशक बने । प्रदीपले टेलिफिल्ममा निर्देशक र मुख्य सहायक निर्देशक भएर काम गरेता पनि फिल्म भने एउटामा मात्र काम गरेका थिए । ‘शत्रु गते’ को सफलतापछि यो टिमले फेरी सहकार्य गर्न लागेको हो । फिल्मको रिलिज डेट भने आउँदो वर्ष २०७७ को कार्तिक ७ लाई तय गरेको छ ।

कमेन्ट गर्नुहोस्