‘इण्डियन आइडल’ को नयाँ जज

जयहोस् । बलिउडमा यतिबेला #meetoo मुभमेन्टनै चलिरहेको छ । पछिल्लो समय आफुलाई परेको एभ्युजको पर्दाफास गर्ने क्रममा यस ‘मिटू’ अभियानले अग्रता लिईरहेको छ । बलिउड एक्ट्रेस तनुश्री दत्तले अगाडी आएर यसबारे बोलेपछि यतिबेला बलिउडमा लहर नै चलेको छ भन्दा फरक नपर्ला । यसैमा मुछिएका गायक तथा संगीतकार अनु मलिक ‘इण्डियन आइडल’ सिजन १० को निर्णायकबाट केहि समयका लागि भन्दै हटाइएका छन् । उनलाई च्यानलले केहि समयको लागि भन्दै हटाएर संगीतकार सलिम सुलेमानलाई इन गरेको छ । आउदो एपिसोडबाट निर्णायकको रुपमा सलिम र सुलेमानलाई दर्शकले देख्न पाउनेछन् । सन् २००४ बाट स्टार्ट भएको यस गायन रियालिटी शो मा अनु ८ सिजन निर्णायकको रुपमा रहिसकेका छन् । यसैगरी सलिम र सुलेमानले पनि अघिल्लो सिजनमा निर्णायक भूमिका निर्वाह गरिसकेका छन् ।
कमेन्ट गर्नुहोस्