भूराजनीतिमा सिनेमाको भूमिका

फिल्म। फिल्मले कसरी आफ्नो प्रभाव पारिरहेको हुन्छ ? यसले राजनीतिक विषयलाई समेत कसरी आम जनतासम्म पुर्याउछ ? यस विषयमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा ‘भूराजनीतिमा चलचित्रको भूमिका’ शिर्षकमा छलफल भएको छ। फिल्म निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा. लीला न्याईच्याईं र प्रो.खड्ग केसीले गर्नुभएको छलफलमा नेपालीसँगै विश्वमा फिल्मले पारिरहेको प्रभावको विषयमा चर्चा भयो।

निर्देशक सायमीले फिल्ममार्फत समाजमा परिरहेको प्रभावको विषयमा चर्चा गर्नुभयो। ‘अभिनेता डेन्जोङ्पा झैँ फेशन र स्टाइल त्यहाँको समाजमा देखियो। विस्तारै सोचमा समेत प्रभाव पारियो’, निर्देशक सायमीले भन्नुभयो,’यसलाई देशको सफ्ट पावरको रूपमा लिइन्छ। पुराना हलिउड फिल्म हेर्नुभयो प्रसस्त उदाहरण पाउनु हुन्छ।’

उहाँले हलिउड फिल्ममा प्राय प्रसंगमा छुटकारा दिलाउने अमेरिका नै रहेको सन्दर्भलाई जोड्नु भयो। ‘अमेरिकन हिरोले आफूलाई खतरामा राखेर भएपनि अरुलाई सघाउने गरेका हुन्छन्। उनीहरू फिल्ममा अन्तिम विकल्पका रूपमा प्रस्तुत हुन्छन्। यसले मानसिकतामा गहिरो प्रभाव पारेको हुन्छ’, निर्देशक सायमीले भन्नुभयो। छलफलमा सहभागी राजनीतिज्ञ डा.न्याइच्याईले फिल्मलाई आम जनतासम्म पुग्ने बलियो माध्यमको रूपमा व्याख्या गर्नुभयो। प्राध्यापक खड्ग केसीले नेपालमा फिल्ममा लगानी र बजार विस्तार गर्न र स्तर माथि उठाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो।

कमेन्ट गर्नुहोस्