बुलबुलमा टेम्पो चालकको प्रेम (भिडियो)

फिल्म । फिल्म ‘बुलबुल’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुके पात्र स्वस्तिमा खड्का र मुकुन भुषालको प्रेम र पिडालाई चित्रण गरिएको छ । सार्वजानिक ट्रेलरमा स्वस्तिमाले आफुलाई टेम्पो चालक बनाउन कुनै कसर छाडेकी छैनन् । ट्रेलरमा उनकै मार्फत कथालाई भन्न खोजिएको छ । ‘हामीले ट्रेलरलाई आफ्नो किसिमले बजारको डिमाण्ड अनुसार तयार गरेका हौ’ निर्देशक बिनोद पौडेलले भने ‘फिल्मले आम मानिसको सरल कथा वाचन गर्छ ।’

फिल्ममा बुद्धि तामाङ, उज्ज्ल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका छ । अविरल थापाको निर्माण रहेको फिल्ममा सुसन प्रजापतिको छायांकन , निर्देशक पौडेलको लेखन रहेको छ । फिल्ममा पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडेलको पनि लगानी रहेको छ भने रामराजा दाहाल यसको कार्यकारी निर्माता हुन् । फागुन ३ बाट प्रदर्शनमा आउने फिल्मलाई स्वस्तिमाको लुक्स र लवजले चर्चामा ल्याउदैछ ।

कमेन्ट गर्नुहोस्