फिल्म । डेब्यु फिल्म मार्फत स्ट्याईलिस स्टारको ट्याग पाएका सलिनमान बनियाँ पछिल्लो समय फिल्म ‘यात्रा :अ म्युजिकल भ्लग’ का कारण चर्चामा छन् । डेब्यु फिल्म मार्फत नै एक किसिमको फ्यान फ्लोअर्स पाएका सलिनले दोस्रो फिल्ममा भ्लगरको भूमिका निर्वाह गरेका छन् । फिल्ममा उनले एक्सन र डान्स पनि उतिकै गरेका छन् । सार्वजनिक ट्रेलरले उनलाई एक्सन हिरो बन्ने सम्भावनालाई थप बल दिएको छ । एक्सन र डान्समा रुची राख्ने सलिन आफ्नो स्टाइलको कारण चर्चामा आउने गर्छन् । डेब्यु फिल्मपछि सलिन कतै फिल्ममा नदेखिने हुन् ? कि भन्ने चर्चा पनि चलेको थियो तर उनि दोस्रो फिल्म मार्फत अडियन्स माँझ आउंदैछन् । त्यसो त उनलाई धेरै नै फिल्म अफर आएका थिए तर उनले आफु सुहाउँदो कथावस्तुनै पर्खिएको कारण दर्शक माँझ आउँन केहि ढिलाई भएको बाताए । ‘राम्रो काम गर्न केहि समय पक्कै लाग्छ , यसैले गर्दा केहि समय दर्शकले प्रतिक्षा गर्न पर्यो’ सलिन ढिलीनुको कारण खुलाए ।
त्यसो त उनलाई लिन महँगो रकम तिर्नु पर्ने हल्ला पनि छ, फिल्मनगरीमा । तर , सलिन आफुले आफ्नो पारिश्रमिक भन्दा पनि फिल्म राम्रो बन्नु पर्छ भन्नेमा जोड दिने गरेको बताए । ‘मैले मेरो पारिश्रमिक बढी दिनु भन्दिन् , फिल्म मेकिङमा सम्झौता नगर्नुस भन्छु’ उनि भन्छन् ‘मेरो मात्र राम्रो भएर हुदैन , समग्रमा फिल्मनै राम्रो हुनुपर्छ ।’ सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिनसँगै , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिक पौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिचेका हुन् । फिल्ममा प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहेकोछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेकोछ । फिल्ममा श्रीधर पौडेलको फोटोग्राफी रहेको छ भने यसमा पब्लिसिटी डिजाइनरको भूमिका टौवा क्रिएसनले निर्वाह गरेका छन् ।
