‘लभ स्टेसन’ अष्ट्रेलिया सोल्ड

0 Shares

फिल्म । प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेसन’ अष्ट्रेलियामा रिलिज हुने भएको छ । उज्वल घिमिरेको निर्देशनमा तयार भएको लभ स्टोरीलाइ अष्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन गर्ने अधिकार गोर्खा इन्टरट्रेनमेन्टले खरिद गरेको हो । फिल्ममा प्रदीपको को-स्टार छिन , जसिता गुरुङ । उनले प्रदीपकै अभिनय रहेको फिल्म ‘लिली बिली’ मार्फत डेब्यु गरेकी थिइन् ।

यसमा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ । फिल्म विदेशमा पनि नव वर्षको अवसर पारेर रिलिज गरिने निर्माण टिमको भनाइ छ । लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् ।

आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा बरिष्ट संगीतकार शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यसमा लोकेश बज्राचार्य र अर्जुन जिसीको सम्पादन, एलिस कार्कीको पाश्र्व संगीत, शिशिर खातीको नृत्य निर्देशन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, राजेन्द्र रावलको निर्माण व्यबस्थापन रहेको छ ।

Facebook Comments