‘परिचय पाउँ ‘ लाई करोड भ्युज

फिल्म । पछिल्लो समय फिल्मका गीतसंगीतकै कारण दर्शक हलसम्म आउने गरेको प्रस्टिएको छ । लै लै को कारण प्रसाद चर्चामा छ भने हुकुम बक्सियोसले सुश्री सम्पतिलाई प्रचारप्रसारमा सहयोग पुर्याएको छ । यसैगरी गीतसंगीतले युट्युबमा करोड भ्युज पनि पाउने गरेका छन् । गीतसंगीत राम्रो भएमा करोड क्लब सहज नै भएको छ ।

पछिल्लो समय फिल्म ‘मेला’ मा समावेश गीत ‘परिचय पाउँ न त’ ले युट्युबमा एक करोड भ्युज पार गरेको छ । भिडियोमा नायिका पवित्रा आचार्यसँग नायक गजित विष्टले ठुम्का लगाएका छन् भने सलोन बस्नेत र अशिष्मा नकर्मी पनि फिचरिङ छन् । गीतमा अञ्जु पन्त र रामचन्द्र काफ्लेको स्वर छ । अर्जुन पोखरेलको संगीत रहेको गीतमा दिग्गज धौरालीको शब्द रहेको छ ।

गीतको कोरियोग्राफर पवित्रा आफै हुन् । यही गीतमार्फत उनले पहिलो पटक कोरियोग्राफीमा हात हालेकी पवित्रा दर्शकबाट पाएको मायाको कारण दंग छिन । फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् । ‘दर्शकले देखाउनु भएको माया प्रति आभारी छौ’ वसन्तले भने ‘आउदा दिनमा काम गर्ने हौसला प्रदान भएको छ ।’ मेलापछी बसन्तले युरोपमा छायाँकन गरेको फिल्म ‘होलिडे’ ल्याउने तयारीमा छन् ।

कमेन्ट गर्नुहोस्