फिल्म । नेपाली फिल्म ‘नाङ्गो गाउँ’ नेपालसँगै अमेरिकामा प्रदर्शन हुने भएको छ । अमेरिकासँगै क्यानाडाको प्रदर्शन अधिकार लिएका नेपाल इलाभेन इन्टरटेनमेन्ट एलएलसीका निर्देशक प्रतीक सुवेदीले नेपालसँगै २५ सहरमा प्रदर्शन हुने जानकारी दिए । ‘अमेरिकामा रिलिज भएको एक सातापछि क्यानाडामा प्रदर्शन गर्ने तयारीमा छौं । अमेरिकामा मात्र चार सय बढी सो गर्ने तयारीमा छौं’, प्रदर्शक सुवेदीले भने,’नेपाल झैँ यहाँ पनि बक्सअफिसमै नियमित रुपमा प्रदर्शन हुँदैछ । दर्शकले आफूलाई पायक पर्ने समयमा हेर्न पाउनुहुनेछ ।”
उनले बेलायतमा पनि हलमै नियमित रुपमा केही चलचित्र प्रदर्शन गरेका छन् । ‘जारी’पछि अमेरिकामा उक्त फिल्मको माँग रहेको जानकारी दिए । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।
हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ । फिल्म भदौ २९ गते नेपालसहित विदेशमा एकसाथ रिलिज हुँदैछ ।











