‘शाहरुखको निर्णयमा भर पर्छ’ फराह

38 Shares

फिल्म । सन् २००४ मा फिल्म ‘मै हु ना’ मार्फत कोरियोग्राफर फराह खानले डेब्यु गरेकी थिइन् । उनलाई निर्देशक बनाउने श्रेय शाहरुख खानलाई जान्छ । शाहरुखले नै फिल्म निर्माण गर्नुका साथै लिड रोल प्ले गरेका थिए । त्यसपछि यी दुइको सहकार्य ओम शान्ति ओम र ह्याप्पी न्यु इयरमा पनि भयो । यी तिनै फिल्म बलिउडको बक्स अफिसमा अत्यधिक सफल रहे । तर त्यसपछी फराह र शाहरुखको सहकार्य हुन् सकेको छैन ।

हालै एक अन्तर्वार्ताको क्रममा फराहलाई ‘मै हु ना’ को सिक्वेलको बारेमा प्रश्न गरियो । फिल्म बन्ने सम्भावना कत्तिको छ ? उनले जवाफ दिईन ‘यो सबै शाहरुखको निर्णयमा भर पर्छ ।’ उनले फिल्मको सम्पूर्ण अधिकार शाहरुखको कम्पनि रेड चिल्लीसँग रहेको बताइन । ‘सिक्वेलको लागि शाहरुख नै चाहिन्छन त्यसैले उनलाई यदि फिल्म गर्नु पर्छ भन्ने लाग्छ भने हामी तयार छौ’ फराहले भनिन् ‘फिल्मले हामीसँग केहि आइडिया पनि छन् ।’

Facebook Comments