सोफिया उडिन् अमेरिका

सौन्दर्य । ‘मिस यूनिभर्स नेपाल २०२२’ कि विजेता सोफिया भुजेल अमेरिका उडेकी छिन् । उनी ‘मिस यूनिभर्स’मा प्रतिस्पर्धा गर्न अमेरिका उडेकी हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमास्थनलमा राष्ट्रिय झण्डाको साथमा मिडियाकर्मीसँग तस्वीर खिचाउँदै उनले आफ्नो उच्च आत्मविश्वास झल्काइन । ‘मिस यूनिभर्स नेपाल’की राष्ट्रिय निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले सोफियालार्ई विमानस्थलमा बिदाई गरेको थियो ।

विमानस्थलमा मिडियाकर्मीसँग कुरा गर्दै सोफियाले भनिन्–‘म यसपटक नेपालमा मिस यूनिभर्सको ताज भित्राउन उत्साहित छु । यसका लागि म आफ्नो उत्कृष्ट प्रस्तुति मिस यूनिभर्सको स्टेजमा दिनेछु ।’ उनले यसपटक आफूले तयारी पनि निक्कै राम्रो गरेको बताइन् ।

यस्तै, मिस यूनिभर्स नेपालको आयोजक टिम पनि ‘मिस यूनिभर्स’को ७१ औं श्रृङ्खलाको ताज नेपाल भित्रिनेमा विश्वस्त देखिएको छ । ‘मिस यूनिभर्स’को स्टेजमा सोफियाले नेपाली संकृती झल्कने पहिरन समेत तयार पारेको बताएकी छिन् । जनवरी १४ मा विश्वका ८५ भन्दा बढी देशका प्रतिस्पर्धीहरुले ‘मिस यूनिभर्स’को ताजका लागि प्रतिस्पर्धा गर्नेछन् । सोफियाले आफ्नो यो यात्रामा साथ दिन सबै नेपालीहरुसँग आग्रह पनि गरेकी छिन् । अगष्टमा काठमाडौंको याक एन्ड यति होटलमा आयोजना भएको प्रतिस्पर्धामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस यूनिभर्स नेपाल’को ताज जितेकी थिइन् ।

कमेन्ट गर्नुहोस्