फिल्म । लामो समयको प्रतीक्षापछि भारतीय फिल्म ‘कृष ४’ लाई लिएर सुखद खबर आएको छ । यस सिरिजको फ्यान भएका दर्शकले छिटै यसलाई हेर्न पाउनेछन् । संवत सन् २०२६ मा यसको छायांकन सुरू हुनेछ भने सन् २०२७ सम्ममा यसको प्रदर्शन हुनेछ । फिल्मलाई अभिनेता ऋतिक रोशनले निर्देशन गर्ने भएका छन् । यसअगाडि होम प्रोडक्सनका फिल्मलाई ऋतिकका पिता राकेश रोशनले निर्देशन गर्ने गरेका थिए ।
यद्यपि राकेशले निर्देशन नगर्ने भएपछि ऋतिकले आफैँ निर्देशन गर्ने भएका हुन् । उनले राकेशको सहायक निर्देशकको रुपमा ‘खुदगर्ज’,’किङ अंकल’,’करण अर्जुन’ र ‘कोइला’ मा काम गरिसकेका छन् । ‘कृष’ फ्रेन्चाइजका मुख्य अभिनेता रहेका ऋतिकले अब निर्देशनको जिम्मेवारी पनि सम्हाल्ने भएका हुन् । यसको घोषणा घोषणा राकेश स्वयम्ले गरेका छन् ।
‘डुग्गू (ऋतिक रोशन), २५ वर्षअघि मैले तिमीलाई अभिनेता बनाएको थिएँ । आज पुनः २५ वर्षपछि तिमीलाई आदित्य चोपड़ासँग मिलेर हाम्रो सबैभन्दा महत्त्वाकांक्षी फिल्म ‘कृष ४’ निर्देशनका लागि अगाडि बढाइरहेको छु । शुभकामना र आशीर्वाद ! नयाँ भूमिकामा तिमीलाई सफलताको शुभकामना’, राकेशले लेखेका छन् ।
Duggu 25yrs back I launched you as an actor, and today again after 25 yrs you are being launched as a director by two filmmakers Adi Chopra & myself to take forward our most ambitious film #Krrish4.
— Rakesh Roshan (@RakeshRoshan_N) March 28, 2025
Wish you all the success in this new avatar with good wishes and blessings! ♥️ pic.twitter.com/QkRsg8mThU










