किरण भन्छन् ‘भिजिट भिसामा मार्फत पाएको माया प्रति आभारी छौ’

फिल्म । सार्वजनिक पहिलो गीत ‘भिजिट भिसामा’ मार्फत नै फिल्म ‘दाल भात तरकारी’ प्रतिक्षित बनिरहेको छ । घोषणाको समयमा ब्यानर र स्टारकास्टको कारण प्रतिक्षित बनेको फिल्मलाई थप प्रतिक्षित बनाउने कार्य गीतसंगीतले गरिरहेको छ । गीतमा फिल्मका अधिकाँस कलाकार फिचर्ड छन् । गीतलाई त्रिभुवन विमानस्थल र हायात होटलसँगै उद्घाटन भैनसकेको ‘गणतन्त्र पार्क’मा खिचिएको छ । शम्भुजित बास्कोटाको संगीतमा तयार भएको गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरिरहेका छन् भने यसलाई हरिवंश आचार्यले लेखेका हुन् ।

यसमा निशान भट्टराई र अन्जु पन्तको स्वर रहेको छ । गीतले पाएको प्रतिक्रियाले आफु निकै उत्साहित रहेको प्रस्तुतकर्ता किरण केसीले बताएका छन् । ‘गीतले निकै राम्रो रेस्पोन्स पाएको छ , हामी निकै उत्साहित छौ’ किरण भन्छन् ‘हामी माथि दर्शक तत्गा श्रोताको विश्वास थियो , जसमा हामी सफल भयौ त्यसैले निकै उत्साहित छौ ।’ गीत सार्वजनिक भएको झन्डै २५ दिन भैसक्दा पनि यो ट्रेण्डिङमै छ भने गीतले ६२ लाख भन्दा बढी भ्युज पाइसकेको छ । ‘हाम्रो सफलता नै दर्शकको विश्वास न टुट्नु हो’ किरणले गीतलाई रुचाएकोमा सम्पूर्ण दर्शक तथा श्रोतालाई धन्यवाद पनि दिए ।

मह संचारको प्रस्तुतिमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , निरुता सिंह , किरण केसी , शिवहरी पौडेल , विल्सन विक्रम राई , वर्षा राउत , राजाराम पौडेल , पुष्प खड्का, आँचल शर्मा , बसुन्धरा भुषाल लगायतको अभिनय रहेको छ । फिल्ममा प्रियंका कार्की आइटम गीतमा छिन । हरिवंशकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई सुदन केसीले निर्देशन गरिरहेका छन् । फिल्म बैशाख १३ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्