सुखद छैन ‘कार्साङ’ को अनलाइन बुकिङ

फिल्म । यो साता नेपाली फिल्म ‘कार्साङ’ प्रदर्शनमा आउँदैछ । फिल्मको अग्रिम बुकिङ गर्ने र टिकेट खरिद गर्ने सुविधा हलले दिएका छन् । फिल्मको प्रिमियर काठमाडौँमा सम्पन्न भएको छ । यद्यपि फिल्मको बुकिङ अनलाइनमा उत्साहजनक छैन । फिल्मको सार्वजनिक सामग्रीले दर्शकलाई आकर्षित गर्न नसकेको प्रभाव यसको प्रदर्शन नजिकिदै गर्दा देखिएको छ ।

देशभरका हलहरूले सुखद् शो दिँदै बुकिङ खुलाएता पनि दर्शकको उत्साहाजन सहभागिता नहुनुले यसको शो घट्ने सङ्केत गरेको छ । यद्यपि प्रदर्शन नभई अहिले यसको व्यावसायिक पक्षका विषयमा निर्क्यौल गर्ने अवस्था छैन । यद्यपि प्रचारप्रसार अभिनेता दयाहाङ राईकै सक्रियता न्यून हुनु र निर्माण पक्षले दयाको फिल्म भनेर प्रचार गर्नु एक आपसमा मेल देखिएको छैन ।

‘रङ्गेली’ फिल्मको प्रिमियरमा रोल्पाबाट सहभागी हुन् आइपुगेका दया यसपटक ‘कार्साङ’ को प्रिमियर नदेखिनुले उनको असन्तुष्टीको हल्लालाई सत्यता थप्ने काम गरेको छ । उनी फिल्मको निर्माण प्रक्रिया र सार्वजनिक सामग्रीमा खुसी छैनन् भन्ने चर्चा चलिरहेको छ ।

हलले आश राखेता पनि दर्शक आकर्षण कम देखिएको ‘कार्साङ’ लाई भारतीय फिल्म ‘गेम चेन्जर’ ले के कस्तो प्रभाव पार्छ ? यो भने विकेन्ड सकिएपछि थाहा हुनेछ । यम शेर्पाको लेखन तथा निर्देशन रहेको ‘कार्साङ’ मा दयासँगै सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्