फिल्म । नेपाली फिल्म ‘काँडेतार’को मंगलबार बेलुकी विश्वज्योती हलमा प्रिमियर गरिएको छ । आयोजित प्रिमियरमा एकीकृत समाजवादीका नेता झलनाथ खनालसँगै विभिन्न दलका नेतादेखि फिल्मीकर्मीहरुको उपस्थिति रहेको थियो । नवल खड्काको निर्देशनमा तयार भएको यो फिल्मले नेपाल र भारतको सम्बन्धको कथा प्रस्तुत गरेको उपस्थितले प्रतिक्रिया दिए ।
‘यस्तो फिल्म नेपाली जनतालाई चाहिएको छ । म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु । यसैले, मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन्’, नेता खनालले भने । निर्देशक तथा कलाकार खड्काले पनि आम नेपालीहरूको भावनालाई समेटेर यो फिल्म तयार पारिएको बताए ।
यसमा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय गरेका छन् ।











