‘टाइम लुप सफल भइसकेको छ’ : रोहित

फिल्म । युवा निर्माता मध्येका एक हुन् रोहित अधिकारी । ‘गाजलु’ मार्फत निर्माता बनेका रोहितले दोस्रो फिल्म ‘छ माया छपक्कै’ निर्माण गरे । उनको तेस्रो फिल्म ‘फर्की फर्की’ आउँदो जेठ १० मा प्रदर्शन हुँदैछ । उनले सार्वजनिक गरेको फिल्मको गीतसङ्गीत र ट्रेलरले निकै हाइप दिएको छ । अर्थात् ट्रेलरमा देखिएको अनमोल केसी र जसिता गुरुङको फ्रेस जोडी, मेकिङलाई उच्च प्रसंशा प्राप्त भइरहेको छ । केहिले रोहितलाई बजारको क्षमता भन्दा बढी खर्च गरेको भन्ने प्रश्न पनि गरेका छन् । यद्यपि रोहितले निर्माताको रुपमा रमकम बनाउन् कुनै सम्झौता नगरेको बताएका छन् ।

‘मेरै पछिल्लो फिल्मको व्यापार र अनमोलको फिल्मको व्यापारलाई हेरेर यसमा लगानी गरेको हुँ । हामीले दर्शकलाई स्तरीय फिल्म देखाउन कुनै सम्झौता गर्न हुदैन । यो दर्शकको आँखालाई शितलता दिने र मन छुने फिल्म हो’, निर्माता रोहितले भने ।

उनले नेपाली दर्शकले ‘टाइप लुप’ को नयाँ कन्सेप्ट फिल्ममा हेर्न पाउने बताए । विशेषत यो ‘टाइम ट्राभल’ भन्दा निकै फरक छ । दर्शकले विश्वव्यापी रुचाइएको जनरामा फिल्म तयार गरेको रोहितले बताए ।

‘विश्वभर यो टाइम लुपमा फिल्म बनेका छन्, रुचाइएका छन् । विशेषत कमेडी र रोमान्टिक फिल्म यस्ता जनरामा बन्ने गरेका छन् । हामीले नेपालमा नेपाली कथालाई टाइम लुपसँग जोडेका छौँ । यद्यपि यो फिल्म रोमान्टिक कमेडी हो । यसमा टाइम लुपको प्रसंग २५ प्रतिशत छ’, रोहितले भने ।

उनले भनेको ‘टाइम लुप’ मा पात्र एकै समयमा पुनः फर्की फर्की पुग्ने गर्छ । त्यसकारण नेपाली बजार र प्राविधिक क्षमतालाई आधार मानेर यो तयार गर्न सहज नै छ । यद्यपि पहिलोपटक प्रयोग हुने भएकाले केही अन्यौल नभएको भने होइन ।

‘यसलाई दर्शकले कसरी लिने हुन् भन्ने डर नलागेको होइन । तर, हामीले नयाँ विषय दियनौं भने कसले सुरुआत गर्छ ? हामीले रिस्क लिएर नै नयाँ विषय जोडेका छौँ, मेकिङमा सम्झौता गरेनौं । किनकि हामीले नै हो नेपाली फिल्मकोस्तरलाई माथि उठाउने’, रोहितले भने ।

उनले दर्शकले दिएको प्रतिक्रियाले आफूसहित टिम निकै आशावादी रहेको बताए । साथै, अनमोल र जसिताको जोडीको समेत निकै प्रसंशा गरे । ‘अनमोल र जसिताको जोडीलाई पर्दामा जोडीकै रुपमा महसुश गर्नु हुनेछ । उनीहरुको जोडी निकै सुहाएको छ । फिल्म हेरिरह्दा दुई प्रेमी र प्रेमिका हुन् भन्ने अलिकति पनि शङ्का हुदैन’, रोहितले भने ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।

यो फिल्ममा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । फिल्म ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् ।रोमन बज्राचार्य र नरेन लिम्बु फिल्मका संगीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ ।

 
कमेन्ट गर्नुहोस्