रुचाइयो ‘मिर्जापुर’ ट्रेलर (भिडियो)

सिरिज । प्रतिक्षित वेब सिरिज मिर्जापुरको दोस्रो सिजन यहि अक्टुबरमा रिलिज हुदैछ । पहिलो सिजनको सफलतापछी निर्माण कम्पनिले यसको दोस्रो सिजन ल्याउन लागेको हो । अक्टुबर २३ मा रिलिज हुने ‘मिर्जापुर’ दोस्रो सिजनको ट्रेलर सार्वजनिक भएको छ । जसलाई दर्शकले निकै रुचाएका छन् । अमेजन प्राइम भिडियोमा उपलब्ध हुने सिरिजको ट्रेलरलाई ११ मिलियन (न्युज तयार पार्दासम्म) भ्युज प्राप्त भईसकेको छ ।

२४ घण्टा नपुग्दै सिरिजको ट्रेलरले पाएको भ्युजले पनि यसको प्रतिक्षालाई प्रस्ट्याउछ । भारतको उत्तर क्षेत्रमा हुने गरेको अराजकता, हतियार र ड्रग्सका विषयलाई समेटेर तयार पारिएको सिरिजको दोस्रो सिजनलाई बदलाको भावमा तयार गरिएको छ । रिभेन्ज स्टोरी रहेको सिरिजमा पंकज त्रिपाठी, अली फजल, दिव्येन्दु शर्मा, श्वेता त्रिपाठी शर्मा, रसिका दुगल, हर्षिता शेखर गौड, अमित सियाल, अञ्जुम शर्मा, शीबा चड्ढा, मनु ऋषि चड्ढा र राजेश तैलंग लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्