फिल्म । भारतीय बक्सअफिसमा अप्रत्याशित सुपरहिट कमाइ गरेको भारतीय फिल्म ‘सैयारा’ ओटीटी प्लेटफर्ममा रिलिज भएको छ । शुक्रबार नेटफ्लिक्समा रिलिज भएसँगै यो फिल्म फेरि चर्चामा आएको छ । नव-अभिनेता अहान पाण्डे र अभिनेत्री अनित पड्डा अभिनीत तथा यशराज फिल्म्सद्वारा निर्मित ‘सैयारा’ सेप्टेम्बर १२ देखि नेटफ्लिक्समार्फत १ सय ९० देशहरूमा स्ट्रिमिङ भइरहेको जनाइएको छ ।
ओटीटी रिलिजसँगै कतिपयले सामाजिक सञ्जालमा फिल्मप्रति आफ्नो प्रेम व्यक्त गरिरहेका छन् । घरमै बसेर फिल्म हेर्न उत्साहित रहेको दर्शकहरूको प्रतिक्रिया छ । मोहित सुरीद्वारा निर्देशित ‘सैयारा’ एक अप्रत्याशित ब्लकबस्टर फिल्म बन्यो । यसले विश्वभर ५०० करोड भारूभन्दा बढी कमाएको छ । धेरै कीर्तिमान कायम गरेको ‘सैयारा’ अहिलेसम्मकै सर्वाधिक कमाइ गर्ने भारतीय रोमान्टिक फिल्म समेत बनेको छ । यो फिल्म जुलाई १८ मा रिलिज भएको थियो । नेपालमा पनि फिल्मले अप्रत्याशित कमाइ गरेको थियो ।











