निर्देशक स्पिलबर्गकी छोरी पोर्न स्टार बन्दै

फिल्म । फिल्म लाइनमा रहेका अग्रजहरूका सन्तान राम्रै भूमिकाबाट फिल्ममा डेब्यु गर्छन् । तर धेरैलाई आश्चर्यचकित पार्दै हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी मिकेला पोर्न स्टार बन्ने भएकी छन् । आफ्ना अभिभावकको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गरेको बताएकी छिन् । यस्तो निर्णयमा आफ्ना अभिभावकदेखि भावी पतिले समेत समर्थन गरेको समेत उनले खुलासा गरेकी छन् ।

आफूले पोर्न फिल्म खेले पनि त्यसमा एक प्रस्तुति हुने मिकेलाको भनाइ छ । चर्चित पत्रिका ‘द सन’लाई दिएको अन्तर्वार्तामा उनले आफू दिनदिनैको कामबाट थकित भएको र आत्मसन्तुष्टि पनि नमिलेकोले यो निर्णय गरेको बताएकी छन् । मिकेला निर्देशक स्टिवनकी आफ्नै छोरी नभई धर्मपुत्री हुन् । स्पिलवर्ग जुरासिक पार्क, डिन्डियाना जोन्स, लिंकन, सेभिङ प्राइभेट रायलगायत चर्चित सिनेमाका निर्माता हुन् । उनीसँग करिब २.१ बिलियन अमेरिकी डलर सम्पत्ति रहेको छ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्