दीपेक्षसँग ऋचाले कसिन् लगनगाँठो

फिल्म । अभिनयकै कारण चर्चामा आउने गर्छिन् ऋचा शर्मा । उनले अभिनय गरेको केहि फिल्मका क्यारेक्टरले जीवन पाएका छन् , सायद यसैले उनको चर्चा हुन्छ । नेशनल अवार्ड विनर समेत रहेकी ऋचा पछिल्लो समय प्रेमका कारण पनि चर्चामा थिइन् । यिनै ऋचाले आज शनिवार हिन्दु परम्परा अनुसार विवाह गरेकी छिन् । उनले आफ्ना प्रेमी दिपेश बिक्रम राणा अर्थात दीपेक्ष्यसँग लगनगाँठो कसेकी हुन् । करिब दुई वर्ष लामो प्रेम सम्बन्धिपछि अभिनेत्री ऋचाले आफ्नो सम्बन्धलाई वैवाहिक जीवनको रुपमा परिणात गरेकी हुन् ।

उनीहरुको विवाह समारोहमा दुबै पक्षका परिवार र केही निकट फिल्मकर्मीहरुको उपस्थिति रहेको छ । दुलहीको भेषमा सजिएकी ऋचाले श्रीमानको हात समातेको तस्विर साझेदार गर्दै फेसबुकमा लेखेकी छन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आर्शिवाद सदैब यसरी नै मिलोस् ।’ तस्विरमा ऋचा र दिपेक्षलाई खुसी मुद्रामा देख्न सकिन्छ । उनले आफ्नो विवाह समारोहमा सहभागी हुने पाहुनालाई कुनै प्रकारको उपहार नल्याउन निमन्त्रणा कार्डमार्फत् आग्रह गरेकी छन् ।

सन २०१९ को नयाँ वर्ष उनीहरुले पोखरामासँगै मनाएका हुन् । त्यसपछि उनीहरुको प्रेम झनै प्रगाढ हुँदै गएको हो । क्युएफएक्स ग्रुपले ललितपुरको पुल्चोकमा लबिम मल सुरु गरेपछि त्यहाँको जनरल म्यानेजर भएका दीपेशसँग ऋचाको सोही क्रममा परिचय भएको हो ।

कमेन्ट गर्नुहोस्