फिल्म । पछिल्लो समय भारतमा प्रभासको समाचारले ट्रेण्ड गरिरहेको छ । उनको नयाँ समाचार आएको छ कि उनले मिसन इम्पोसिबलको सिरिजमा काम गर्दैछन् । हलिउड अभिनेता टम क्रुजको यस सिरिजको दुइ भाग ७ र ८ को छायांकन भइरहेको छ । प्रभास पछिल्लो समय आफ्नो रोमान्टिक ड्रामा ‘राधेश्याम’ को छायांकनका लागि इटाली पुगेका थिए ।
उक्त समयमा अभिनेता क्रुजले पनि छायांकन गरिरहेका थिए । त्यहिँ समयमा भेटघाट भएर पछिल्लो समय भारतका सुपरस्टार बनेका प्रभासलाई फिल्ममा अभिनय गराउने सहमति भएको खबरले भारतमा ट्रेण्ड गरिरहेको छ । हलिउड फिल्मको प्रमुख बजार मध्य इन्डिया पनि एक भएकाले प्रभासको अभिनय रहने खबरले चर्चा पाएको हो । यस अगाडी पनि मिसन इम्पोसिबल सिरिजमा अनिल कपूरले अभिनय गरिसकेका छन् ।
While he‘s a very talented man, we’ve never met.
— Christopher McQuarrie (@chrismcquarrie) May 26, 2021
Welcome to the internet. https://t.co/mvVFP6N4zV
प्रभासको अभिनयलाइ लिएर चर्चा भइरहदा फिल्म ‘मिसन इम्पोसिबल’ का निर्देशक क्रिष्टोफर म्याक्वायरले ट्विटर मार्फत प्रभाससंग भेट नभएको प्रस्ट्याएक छन् । ‘उनि ट्यालेन्टेड छन् यद्दपी हाम्रो भेट भएको छैन’ उनले लेखेका छन् । उनको लेखाइसंगै फिल्ममा प्रभासको अभिनय हल्ला मात्र रहेको प्रस्टिएको छ । मिसन इम्पोसिबलको पछिल्लो सिरिज फलआउटको सफलताले यस फ्रान्चाइजका थप दुई फिल्म आउने निर्माण कम्पनिले जनाएको छ । सन् १९९६ मा पहिलोपटक रिलिज भएको ‘मिसन इम्पोसिबल’का सातौं र आठौं श्रृखंलामा टम क्रूज नै इथन हन्टको भूमिकामा देखिने भएका छन् ।
मिसन इम्पोसिबल सिरिज स्टार्ट भएको झन्डै २५ वर्ष भईसक्दा पनि इथनको भूमिकामा देखिएका टमको इनर्जीमा कमि देखिएको छैन । दुई नयाँ सिरिजलाई क्रिष्टोफर म्याक्वायरले निर्देशन गर्नेछन् । उनले यसअघि रग नेशन र फलआउटलाई निर्देशन गरेका थिए । पछिल्लो फिल्म ‘फलआउट’ सिरिजकै सबै भन्दा बढी कमाउने फिल्म हो । यसैले दुई नयाँ सिरिज निर्देशकको कार्यभार क्रिष्टोफरलाई दिइएको हो । (एजेन्सी)












