डोलीको ‘दुरी टाढा भएर’ सार्वजनिक (भिडियो)

फिल्म । सामाजीक प्रेमकथामा निर्माण गरिएको फिल्म ‘डोली’ मा समावेश दुरी टाढा भएर पो बोलको गीत सार्वजनीक गरिएको छ । राजबहादुर सानेको लेखन र निर्देशनमा बनेको ‘डोली’ २८ मंसिरमा प्रदर्शन हुदैछ । सार्वजनीक दुरी टाढा स्याड गीत हो । राज सरगमको स्वर र शब्द रहेको गीतमा बाबुल गिरीको संगीत छ । गीतमा फिल्ममा सबै प्रमुख कलाकारको अभिनय समेटिएको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा किरण नेपालीको प्रस्तुति ‘डोली’ मा पृथ्वीराज प्रसाईं, किशोर खतिवडा, सानीया खान, संगीता नापीत,अर्जुन गुरुङ, नवीन रेग्मी, प्रशान्त भण्डारी, दामोदर खतिवडा, प्रिया रिजाल, हिउंवाला गौतम,सतिश खत्रीलगायतका कलाकारले अभिनय गरेका छन् । सिडी अधिकारी, बाबुल गिरी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको फिल्म जयराम थापाले खिचेका हुन् । फिल्मका गीत श्रीकृष्ण परियारको कोरियोग्राफी र शंकर महर्जनको द्धन्द्ध निर्देशन छ । आरआर फिल्मस् र जिजिए ग्रुपले बितरण गर्ने डोलीले दर्शकलाई भरपुर मनोरञ्जनका साथै जीवनोपयोगी सन्देशसमेत दिने बिश्वास निर्माता किरणको छ ।

कमेन्ट गर्नुहोस्