फिल्म । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै गायिका सुशीला बस्नेत तिमिल्सिनाको नयाँ तीज गीत ‘तीज आयो साथी संगी’ सार्वजनिक भएको छ । अमेरिकाको बोस्टन निवासी सुशीलाले नेपालबाहिर रहँदा पनि गीत–संगीतमा सक्रियता कायम राखेकी छन् । यो गीत उनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
नेपाली मौलिक शैलीमा तयार यो गीतमा रावल जनकको शब्द र संगीत, सन्दीप कार्कीको एरेन्ज, तथा विष्णु मानन्धर र मनोज परियारको अडियो मिक्सिङ छ । रेकर्डिङ नेपालका विक्रम थापा र अमेरिकाका ॐ कर्माचार्यले गरेका छन् । भिडियोको निर्देशन केशवराज भट्टले गरेका छन् भने जुना कार्की र नित्या शर्मा आचार्यको नृत्य समावेश छ ।
नेपाल र अमेरिकामा छायांकन गरिएको यो गीतको भिडियोले तीजको सांस्कृतिक महत्त्वलाई उजागर गरेको छ । सुशीलाले यसअघि ‘राधा कृष्ण’, ‘तिम्रो मायाको’, ‘मेरी माँ’ जस्ता गीतहरू सार्वजनिक गरिसकेकी छन् ।