आप्पाको ‘साँझ परे पछि’ सर्वाजनिक (भिडियो)

फिल्म । दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘साँझ परे पछि’ बोलको गीत सोमबार दिउँसो समाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा निर्देशक अनमोल गुरुङको शब्द तथा संगीत रहेकोछ भने यसमा निर्देशक गुरुङ र स्नेहश्री थापाको स्वर छ । गीतमा मुख्य कलाकार सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चालाई फिचर्ड गरिएको छ ।

आगामी वर्षको जेष्ठ २४ गतेबाट रिलिज हुने फिल्ममा बाबु छोराको सम्बन्धको कथालाई चित्रण गरिएको छ । फिल्मलाई अनमोल गुरुङले निर्देशन गरेका हुन् । यो उनको डेब्यु निर्देशकिय फिल्म हो । अ माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको ‘आप्पा’मा रुदेन सादा लेप्चाको लगानी रहेको छ । फिल्ममा दयाहाङ राई, सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चासँगै बरिष्ठ निर्देशक तथा निर्माता तुलसी घिमिरे, अरुणा कार्की लगायतका कलाकारको समेत मुख्य भुमिका रहेको छ । ‘आप्पा’मा निर्देशक अनमोल गुरुङको कथा, अनमोल गुरुङ र उमेश उपमाको पटकथा तथा संवाद, शैलेन्द्र डि कार्कीको छायाँकन, अनमोल गुरुङ र शैकात देवको संगीत, निमेष श्रेष्ठको सम्पादन सिनेमामा रहेको छ ।

कमेन्ट गर्नुहोस्