सलमान होइन ,अर्जुनले गरे ‘रिप्लेस’

बलिउड । एक्टर अर्जुन कपूरको नाम मलाईका अरोरासँग जोडीएसँगै सलमान खान उनको ठुलो दुश्मन बनेका छन् । किनकी अरबाज खानसँग बैबाहिक जीवनमा रहेकी मलाइकाले अर्जुनसँग सम्बन्ध अगाडी बढेपछी डिभोर्स गरेकी थिइन् । त्यसपछि अर्जुनलाई सलमानले फिल्म मात्र होइन विभिन्न ठाउबाट रिप्लेस गर्दै आएका छन् । तर यतिबेलाको खबर उल्टो छ । हजुर , यसपटक सलमान होइन अर्जुनले उनलाई ‘रिप्लेस’ गरेका छन् । सलमान अभिनित हिट फिल्म ‘नो इन्ट्री’ को सिक्वेल बन्ने चर्चा चलेको लामो समय नै भईसकेको छ । निर्माताले फिल्ममा सलमानलाई अभिनयको प्रस्ताव गरेका थिए तर सलमानले आफुलाई अभिनय गराउने भए केहि समय कुर्न सुझाए । सलमानले केहि समय प्रतीक्षा गर्न भनेपछि निर्माण युनिटले उनको स्थानमा अर्जुन कपूरलाई कास्ट गरेका छन् । अनिस बज्मीको निर्देशनमा तयार हुने फिल्मको लागि अर्जुनसँगै अनिल कपुर फाइनल भइसकेका छन् । यी दुई कास्ट बाहेक अन्य कास्टमा हेरफेर हुने निर्माता बोनी कपुरले भारतीय मिडियालाई जनाएका छन् । ‘नो इन्ट्री’ लाई पनि बोनीले निर्माण गरेका थिए भने अनिसले निर्देशन । फिल्मको शुटिङ सन् २०१९ को सेप्टेम्बरमा स्टार्ट हुनेछ भने यसलाई सन् २०२० मा रिलिज गरिने समेत भारतीय मिडियामा उल्लेख छ ।
कमेन्ट गर्नुहोस्