दिनेशको ‘प्रकाश’ प्रदीप

0 Shares

फिल्म । फूलपातीको अवसर पारेर निर्देशन दिनेश राउतले निर्देशन गर्ने फिल्मको नाम सार्वजनिक गरिएको छ । प्रदीप खड्काको अभिनय रहने फिल्मको नाम ‘प्रकाश’ राखिएको छ । केहि समय यता दिनेश र प्रदीपको टिमअपमा फिल्म बन्ने चर्चा भएता पनि नाम भने सार्वजनिक गरिएको थिएन । निर्देशक राउतका अनुसार उनले ‘प्रकाश’मा दुर्गम भेगको एक पात्र मार्फत गम्भिर विषयको उठान गर्ने छन् ।

‘दुर्गम भेगको एक पात्रले देख्ने सपनालाई लिएर कथा तयार पारेका छौँ’ दिनेशले भने ,’फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ ।’विकास सुबेदीको कथा, पटकथा र सम्बाद रहने स्क्रिप्टमा धेरै नेपालीहरुले भोगीरहेको तर, नभनिएको कथा रहेको बताइएको छ ।

सरकारले अनुमति दिएमा तिहार लगत्तै छायाँकनमा जाने फिल्मलाई अष्ट्रेलियाका एनआरएन महेन्द्र अधिकारीको निर्माण गर्नेछन् भने कार्यकारी निर्माता विकास सुबेदी रहेका छन् । फिल्ममा राजेश श्रेष्ठको छायाँकन, जीवन थापाको सम्पादन र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहने छ । अनुप बराल यसका काष्टिङ डिरेक्टर हुन ।

कमेन्ट गर्नुहोस्