हिरानीको ‘मुन्ना भाइ ३’ पछी सर्यो

फिल्म । संजय दत्तको बायोपिक फिल्म ‘सन्जु’ गतवर्ष प्रदर्शन भयो । फिल्मलाई दर्शकले अत्यधिक रुचाए । यसफिल्मपछी संजयको फ्यानमा उनिप्रतिको रेस्पेक्ट अझै बढ्न गयो तर उनको फ्यानले भने मुन्ना भाइको सिरिजमा उनलाई हेर्न चाहेका थिए । सन्जुकै समयमा निर्देशक राजकुमार हिरानीलाई ‘मुन्ना भाइ ३’ कहिले बन्छ भन्ने जिज्ञाषा अधिकाँस दर्शक तथा पत्रकारले राखेका थिए । त्यससमयमा सन् २०१९ मा फिल्मको छायाँकन सुरु हुने निर्देशक हिरानीले बताएक थिए । तर फिल्मको छायाँकनपछी सर्ने भएको छ । पछिल्लो समय बलिउडमा चलिरहेको ‘मिटू’ मा निर्देशक हिरानी पनि मुछिएकाछन् ।

उनलाई सन्जुकै एक एसिस्टेन्ट निर्देशक जो महिला थिइन् , उनले आरोप लगाएकी हुन् । हिरानीलाई आरोप लागेसँगै बि-टाउननै चकित बनेको छ । एकपछि अर्को फिल्म मार्फत आफुलाई बलिउडमा स्थापित गराउन सफल निर्देशक हिरानीले आफुलाई जबसम्म निर्दोष सावित गर्दैनन् , फिल्म सुरु हुने सम्भावना निकै कमछ । त्यसो त पछिल्लो समय बलिउडका स्टारले ‘मिटू’ मा जोडिएको नामसँग नजोडिने बताएका छन् । अब हेरौ , हिरानीलाइ नै स्थापित गराउने फिल्म मुन्ना भाइको नेक्स्ट सिरिज उनले कहिले सुरु गर्छन ?

कमेन्ट गर्नुहोस्