संगीत । कोरोना भाइरस (कोभिड— १९) को कारण पछिल्लो समय विश्वका अधिकांस देश लकडाउनमा छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुझाए अनुसार सामाजिक दुरी कायम गरेर कोरोना भाइरसको महामारीलाइ रोक्न सकिने उपायअनुसार विश्वका अधिकाँस देश ‘लकडाउन’ मा छन् ।
कोरोनाको संक्रमणबाट बच्न विभिन्न उपाय खोजिरहेको बेला गीतसंगीतका स्रष्टाले यससम्बन्धी गीत श्रोता र दर्शकमाझ ल्याइरहेका छन्। यसैमा थपिएका छन्, सचिन सिंह । उनको शब्द र संगीतमा रहेको गीत ‘सलाम’ सार्वजनिक भएको छ । गोपाल रसाइलीको एरेन्ज, किरण गोर्खाको मिक्सिङ र मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो।
सार्वजनिक गीतमा यस्तो अवस्थामा पनि रातदिन खटिरहने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीको कार्यलाई ‘सलाम’ भनिएको छ । सार्वजनिक गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीप श्रेष्ठ, तुलसी घिमिरे, सुनील थापा, ललित गोले, मिथिला शर्मा, सुरेश कुमार, योगेश्वर अमात्य, एड्रिन प्रधान, थुप्तेन भुटिया, विक्रम पराजुली, सुमनकुमार श्रेष्ठ, थहिना थापा, मदन भुजेल, सञ्जय प्रसाद, अजय राई, योनदेन भुटिया, उमेश उपमा, अनमोल गुरुङ, मेलिना राई, सुनिता लिम्बू प्रधान, धीरेन शाक्य, नरेश भण्डारी, करुण थापा, होमनाथ न्यौपाने, सुनील मास्के, निर्मल शर्मा, वीरेन्द्र सिंह, ऋचा सुब्बा, अल्का थापा, हसना शाक्य, राजु तामाङलगायतलाई फिचरिङ गरिएको छ।











