रिलिज पश्चात ‘तिमी पहिले’ सार्वजनीक

फिल्म ।गत शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन भइरहेको अभिनेता सन्तोष पन्त निर्मित फिल्म ‘हिजो आजका कुरा’ मा समावेश तेश्रो गीत ‘तिमी पहिले’ सार्वजनीक गरिएको छ । दर्शकको उत्साहजनक प्रतिक्रिया पाइरहेको फिल्मको सार्वजनिक गीतमा अभिनेत्री ऋचा शर्मा र अभिनेता दिव्य देव फिचर छन् । प्रेमील भावको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको स्वर अनि हर्कुलसकै शब्द,संगीत छ ।

साकार पन्त निर्देशीत फिल्मको यो गीत सोलुखुम्बुको हिमाली भेगमा खिचिएको हो । रवि सायमिले खिचेको गीतको कलर र सम्पादन विनय कंसाकारले गरेका हुन् । नेपाली युवाको विदेश मोह, सन्तान विदेशीनाले बृद्धबृद्धाले भोग्नु परेको एक्लोपन,वैबाहीक जीवनका असमझादारी,पुनर्विबाहलगायतका थुप्रै ब्याबहारिक बिषयहरुलाई प्रस्तुत गरिएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् । फिल्ममा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी,रिहान केसीलगायतले अभिनय गरेका छन ।

कमेन्ट गर्नुहोस्