फिल्म । बलिउड तथा साउथ इण्डियन फिल्मनगरीमा रकुल प्रीत सिंहलाई ‘स्विट गर्ल’ भनिन्छ । उनले अभिनय गरेका फिल्मले त्यस्तो उधुम त मचाएको छैन तर उनको सुन्दरताले उनलाई बलिउड र साउथ इण्डियन फिल्मनगरीमा स्थापित बनाएको छ । पछिल्लो समय उनि बलिउड फिल्म ‘मरजावा’ मा देखिएकी थिइन् । त्यो अगाडी आएको फिल्म ‘दे दे प्यार दे ‘ मा उनलाई रुचाइएको थियो । रकुल बलिउड भन्दा साउथ फिल्ममा बढी देखिने गर्छिन् ।
कन्नड फिल्म मार्फत रजतपटमा उदाएकी रकुल बलिउडमा भने सन् २०१४ मा ‘यारियाँ’ फिल्म मार्फत आएकी थिइन् । यिकै रकुललाई पछिल्लो समय उनको तस्बिरले चर्चामा ल्याएको छ । केहि समय अगाडी उनले आफ्नो सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको बिकनी तस्बिरले उनलाई चर्चामा ल्याएको हो । पछिल्लो समय उक्त तस्बिर समाजिक सञ्जालमा शेयर भइरहेका छन् । र , स्विटगर्लको हट अन्दाज भनेर क्याप्सन दिइएको छ । रकुल अभिनित हिन्दी फिल्महरु अट्याक , थ्यांक गड र चले चलो प्रदर्शनको पर्खाइमा छ । (एजेन्सी)












