प्रसाद : मल्टिप्लेक्स बुकिङ्ग खुल्ला

फिल्म । शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘प्रसाद’ को बुकिङ खुलेको छ । शुक्रबारबाट प्रदर्शनमा आउने एक्लो नेपाली फिल्मले सिंगल स्क्रिनमा लगभग आफ्नो पकड जनाउने निश्चित छ भने मल्टिप्लेक्समा पनि यसलाई राम्रो शो प्राप्त भएको छ । बुधवार साँझ राजधानी स्थित बिग मुभिजमा सम्पन्न प्रिमियरमा फिल्मकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थिति रहेको थियो । फिल्म हेरेका सम्पूर्णले यसको कथावस्तु र कलाकारको अभिनयलाई रुचाएका छन् । नेपाल आइडल सिजन २ का टप ५ ले समेत फिल्म हेरेर राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

रङ पत्रकारितामा स्थापित नाम भइसकेपछी फिल्म लेखनमा डेब्यु गरेका सुशील पौडेललाई शुभकामना दिन पनि अधिकाँस फिल्मकर्मी उपस्थित थिए । फिल्म हेर्ने अधिकाँसले सोसल मिडिया मार्फत यसलाई मन पराएको प्रतिक्रिया दिएका छन् ।फिल्मलाई राजधानीमा क्युएफएक्स च्यानल अन्तर्गत १२ शो प्राप्त भएको छ । क्युएफएक्स अन्तर्गत लबिम मलमा ३ शो , सिभिल मलमा ४ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो , कुमारीमा २ शो र जयनेपालमा १ दिएको छ । यसैगरी क्युएफएक्सकै नेपालगंजमा रहेको बागेश्वरी सिनेमामा यसलाई १ शो दिइएको छ भने क्युएफएक्सकै पोखरामा रहेको सिनेप्लेक्समा २ , क्युएफएक्सकै बिर्तामोडमा रहेको वानस्टपमा ३ र नारायणघाटमा रहेको जालमामा २ दिएको छ ।

राजधानीमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा शो पब्लिस भएको छैन भने दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा २ शो , गोंगबुमा रहेको बिएसआर मुभिजमा ३ शो , सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ३ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ४ शो रहेको छ । यसैगरी मोफसलतर्फ पोखरामा रहेको मिडटाउन सिनेमामा २ शो प्राप्त भएको बुकिङ्ग खुलिसकेको छ । नि:स्तान दम्पतिको कथा देखाइएको फिल्मलाइ दिनेश राउतले निर्देशन गरेका हुन् भने यसको निर्माण सुभाष थापाले निर्माण गरेका हुन् । फिल्ममा नम्रता श्रेष्ठ , विपिन कार्की र निश्चल बस्नेतको मुख्य भूमिका रहेको छ ।

कमेन्ट गर्नुहोस्