होस्ट बिनानै अस्कर हुने

फिल्म । विश्व प्रसिद्ध अवार्ड अस्करको नोमिनेशन यहि आउँदो जनवरी २२ मा सार्वजनिक हुदैछ । नोमिनेशन सार्वजनिक गरिएको एक महिनापछी एक समारोहको आयोजना गर्दै अवार्ड घोषणा र प्रदान गर्ने तयारी भईरहेको छ । अस्कर अर्थात् एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एण्ड साइन्सेस अवार्डमा यसपटक होस्ट नहुने भएका छन् । अर्थात् अवार्ड होस्ट विनानै संचालन हुनेछ ।

यस अघि पनि सन् १९८९ मा होस्ट विनानै अवार्डको आयोजना गरिएको थियो । ३० वर्ष अगाडी पनि यसैगरि अवार्ड सेरेमोनी सँचालन गरिएको थियो । त्यसपछि भने यस्तो भएको थिएन । तर सन् १९८९ अगाडी पनि १९३९ , १९६९ , १९७० र १९७१ मा पनि विना होस्ट नै अस्कर सम्पन्न भएको थियो । होस्ट नभएपनि भिन्न भिन्न सेलिब्रेटीले अवार्डलाई प्रस्तुत गर्नेछन् । आउदो फेब्रुअरीको २४ मा हुने अवार्डको प्रतीक्षा यतिबेला विश्वलाई छ ।

कमेन्ट गर्नुहोस्